सरकारकाे सय दिन ‘उपलब्धिमूलक’ : प्रवक्ता पाेखरेल (उपलव्धिका पुरा पाठ)

मूलखबर संवाददाता
काठमाडौं, २० असार

दुई तिहाइ नजिकको  जनमतसहितकाे सरकारले जनअपेक्षाअनुरुप परिणाम दिन नसकेको भनेर आलोचना भइरहेका बेला रास्वपा सरकारले भने सय दिनलाई ‘उपलब्धिमूलक’ भएको दाबी गरेको छ ।

वालेन्द्र शाह नेतृत्वमा सरकार गठन भएको सय दिन पूरा भएको अवसरमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा शिक्षामन्त्रीसमेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले प्रशासनिक सुधार, सुशासन प्रवर्द्धन, भ्रष्टाचार नियन्त्रण, कानुनी सुधार, सार्वजनिक सेवा प्रवाह तथा आर्थिक क्षेत्रमा उल्लेखनीय नीतिगत उपलब्धि हासिल गरिएको विवरण प्रस्तुत गरेका हुन् ।

सरकारले छोटो अवधिमै प्रशासनिक खर्च कटौती, भ्रष्टाचार तथा वित्तीय अपराधविरुद्धका अनुसन्धान, सार्वजनिक जमिनको संरक्षण, डिजिटल सेवा विस्तार र कानुन निर्माणका क्षेत्रमा भएका पहललाई सय दिनको उपलब्धिका रुपमा लिएको छ ।

सरकारले मन्त्रिपरिषद्को पहिलो बैठक १३ चैत २०८२ मा शासकीय सुधारका एक सय कार्यसुची सार्वजनिक गरेको थियो । दीर्घकालीन शासकीय रुपान्तरणको आधार निर्माण गर्ने उद्देश्यले पहिलो वर्षलाई शासकीय सुधारको आधार वर्षका रुपमा अघि बढाउने सरकारको प्रतिबद्धता थियो ।

सरकारले भ्रष्टाचार नियन्त्रण र सुशासनका कामलाई प्राथमिकता राखिएको जनाएको छ । मन्त्री पोखरेलले ०६२/६३ देखि २०८२/८३ सम्म सार्वजनिक पदधारण गरेका राजनीतिक पदाधिकारी र उच्च पदस्थ कर्मचारीको सम्पत्ति छानबिन गर्न गठन गरिएको आयोगले हालसम्म ११ हजारभन्दा बढी सम्पत्ति विवरण र उजुरी संकलन गरेको बताए ।

यस्ताे छ सरकारले सार्वजनीक गरेकाे उपलव्धीका पुरा पाठ ।

 

एक सय दिनको उपलब्धीहरु Final असार २०_260704_181118