११ जिल्लाका सिडिओसहित ४२ उपसचिवकाे सरूवा

मूलखबर संवाददाता
काठमाडौं, २० असार

गृह मन्त्रालयले ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी (सीडीओ) सहित ४२ जना उपसचिवको सरुवा गरेको छ ।

मन्त्रालयले शुक्रबार गरेको निर्णयअनुसार सरुवाको सूची सार्वजनिक भएको हो । उपसचिवहरुको सरुवासँगै विभिन्न जिल्लाका प्रमुख जिल्ला अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारीको जिम्मेवारी पनि हेरफेर गरिएको छ ।

गृहको निर्णयअनुसार बागमतीका एक सहित ११ जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् । बागमती प्रदेश अन्तर्गत रसुवाको प्रमुख जिल्ला अधिकारी परिवर्तन भएका छन् भने काभ्रेपलाञ्चोक र धादिङका सहायक सीडीओ फेरिएका छन् ।

यसैगरी, ताप्लेजुङ, हुम्ला, सोलुखुम्बु, रुकुम पूर्व, मुगु, मनाङ, कालिकोट, दार्चुला, जुम्ला, डडेल्धुरा लगायत जिल्लाका प्रमुख जिल्ला अधिकारी हेरफेर भएका छन् ।