बसाेबासकाे उचित ब्यवस्था नगरी सुकुम्बासीलाई हाेल्डिङ सेन्टरबाट नहटाइयाेस्
नेकपाका नेता तथा पुर्व उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले विस्थापित सुकुम्बासीलाई उचित बसाेबासकाे व्यवस्था नगरी हाेल्डिङ सेन्टरबाट जबरजस्ती निकाल्ने काम नगर्न सरकारलाई चेतावनी दिएका छन् ।
सामाजिक सञ्जालमा धारणा लेख्दै उनलेे नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बलप्रयोग द्वारा अमानवीय ढंगले सुकुम्बासी हरुलाई विस्थापन गरी पुनर्वासको उचित व्यवस्थापन नगरिएकोमा आपत्ति पनि प्रकट गरेका छन् ।
उनलेे बसाेबासकाे उचित ब्यवस्थापन नगरी हाेल्डिङ सेन्टरबाट सुकुम्बासीलाई लखेटिएमा त्यसकाे परिणाम गम्भीर हुने बताएका छन् ।
यस्तो छ उनकाे स्टाटस-
`बालेन्द्र सरकारले नेपाली सेना सहितको सुरक्षा फौज प्रयोग गरी बलप्रयोग द्वारा अमानवीय ढंगले सुकुम्बासी हरुलाई विस्थापन गरी पुनर्वासको उचित व्यवस्थापन नभए सम्मको लागि भन्दै विभिन्न होल्डिङ सेन्टरहरुमा राखेको थियो । तर अहिले पुनर्वासको व्यवस्था बिना नैं सुकुम्बासीहरुलाई ती होल्डिङ सेन्टर बाट बलजफ्ती निकाल्ने सूचना ,धम्की र चेतावनी दिइएको छ ,जुन नितान्त गलत र गैरजिम्मेवार छ ।सुकुम्बासी हरुलाई छिटो भन्दा छिटो वैज्ञानिक र मानवीय रुपमा उचित बसोबासको व्यवस्था गरियोस् र त्यस्तो व्यवस्था नभए सम्मको लागि होल्डिङ सेन्टरबाट बलजफ्ती निकाल्ने कार्य बन्द गरियोस् ,अन्यथा त्यसको परिणाम धेरै गम्भीर हुन सक्नेछ ।´




