रास्वपा महाधिवेशनमा भद्रगाेल, पदाधिकारीकाे मतदान राती ९ बजेदेखी

मूलखबर संवाददाता
चितवन, ११ असार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काे चितवनमा जारी पहिलाे महाधिवेशनमा व्यवथापकीय भद्रगाेलकाे अवस्था सिर्जना भएकाे छ । पुर्व निर्धारित कार्यतालिका भत्किएपछी  र पटकपटक फेरबदल भउपछी धेरै सहभागीहरू  फर्किएका छन् ।

पदाधिकारीका लागि आज राति सवा ९ बजेदेखि मतदान शुरू हुने भएको छ ।

रास्वपाको केन्द्रीय निर्वाचन आयोगले सार्वजनिक गरेको निर्वाचन कार्यतालिकाको पाँचौँ संशोधनअनुसार बेलुका साढे ६ बजेदेखि ७ बजेसम्म पदाधिकारीका लागि फारम वितरण तथा दर्ता हुनेछ ।

त्यस्तै साढे ७ बजे उम्मेदवारहरूको प्रारम्भिक नामावली प्रकाशित हुनेछ । पौने ९ बजे अन्तिम नामावली प्रकाशित हुनेछ भने त्यसपछिको आधा घण्टा मौन अवधि रहनेछ ।

सवा ९ बजेदेखि मध्यराति सवा १२ बजेसम्म मतदान हुने छ । भोलि बिहान साढे १ बजे मतपरिणाम घोषणा हुने कार्यतालिकामा उल्लेख छ ।