दोर्दी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन सुरु

मूलखबर संवाददाता
लमजुङ, १० असार

लमजुङको दोर्दी गाउँपालिकाको १९औँ गाउँसभा अधिवेशन बुधबार सुरु भएको छ।

गाउँपालिका अध्यक्ष युवराज अधिकारीको अध्यक्षतामा सुरु भएको अधिवेशनमा उपाध्यक्ष विच्छबहादुर घले, प्रमुख प्रशासकीय अधिकृत हेमराज काफ्ले, वडाध्यक्षहरू, कार्यपालिका सदस्य तथा गाउँसभा सदस्यहरूको सहभागिता रहेको थियो।

अधिवेशनमा आगामी आर्थिक वर्ष २०८३/८४ का नीति, कार्यक्रम तथा बजेटसँग सम्बन्धित विषयहरू प्रस्तुत गरिएको छ। साथै गाउँपालिकाको समग्र विकास, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, पूर्वाधार तथा रोजगार प्रवर्द्धनका विषयमा समेत छलफल हुने जनाइएको छ।

गाउँसभाको अर्को बैठक असार १५ गते बस्ने तय गरिएको छ।