रास्वपाकाे बन्द सत्र शुरू, आफ्नालाई हाेइन राम्रालाई छान्नुस् : लामिछाने

मूलखबर संवाददाता
चितवन, ९ असार

रास्वपाकाे प्रथम महाधिवेशनकाे बन्द सत्र ताेकिएकाे समयवाधि भन्दा ३६ घण्टा ढिलाे शुरू भएको  छ ।

हिजाे बिहान ८ बजे शुरू हुने भनिएकाे बन्द सत्र आपसी भागबन्डामा सहमति नभएपछि ३६ घण्टापछी आज शुरू भएको हाे ।

बन्द सत्र शुरू गर्दै सभापति रवि लामिछानेले कसैकाे प्रलाेभनमा नपरी राम्रा उमेदवारलाई निर्वाचित गर्न आग्रह गरेका छन् ।

बन्दसत्रलाई सम्बोधन गर्दै पार्टी सभापति रवि लामिछानेले पार्टीभित्र मौलाउन खोजेको गुट–उपगुटको प्रवृत्तिप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्। उनले हिजोको परम्परागत शैलीलाई निरन्तरता दिएर नयाँ र फरक परिणाम ल्याउन नसकिने स्पष्ट पारे।

सभापति लामिछानेले भने, ‘साथीहरू, हामीभित्र पनि गुट–उपगुट कायम रह्यो भने हामीबाट आउने परिणाम पनि पुरानै हुन्छ। फरक परिणाम निकाल्ने हो भने हामीले केही फरक गर्नैपर्छ। हिजोकै शैली अपनाएर फरक परिणाम आउँछ भन्ने सोच्नु दिवास्वप्न मात्र हो।’