पथलैया-बिरगंज ६ लेन सडक तत्काल ब्यवस्थापन गरिदिन संघिय मन्त्रीलाई मेयर पाैडेलकाे अपिल

मूलखबर संवाददाता
काठमाडौं, ९ असार

जितपुर सिमरा उपमहानगरपालिकाका मेयर राजन पाैडेलले पथलैया- बिरगंज ६ लेन सडककाे ट्राफिक ब्यवस्थापन र सडक ब्यवस्थापन गरिदिन संघिय सरकारका मन्त्रीहरूलाई अपिल गरेका छन् ।

साे सडक संघीय सरकार मातहत रहेकाे जनाउँदै उनले साे सडक तत्काल ब्यवस्थापन गरिदिन माग गरेका हुन् ।  दैनिक भईरहेकाे दुर्घटनामा नागरिकको ज्यान गइरहेको जनाउँदै उनले संघिय पुर्वाधार मन्त्री सुनिल लम्साल र गृहमन्त्री सुदन गुरूङकाे नामै उल्लेख गरेर सामाजिक सञ्जालमा अपिल गरेका हुन् । उनलेे लेखेका छन् – सडकको व्यवस्थापन तत्काल गर्नको लागि म तपाईंहरुसँग आग्रह गर्दै सहकार्यको लाई अनुराेध गर्दछु ।

यस्तो छ उनकाे स्टाटस-

#सडक_दुर्घटना
माननीय गृहमन्त्री सुदन गुरुङ ज्यु
माननीय पुर्वाधार मन्त्री सुनिल लम्साल ज्यु
पथलैया-बिरगंज ६ लेन सडकमा तपाईंहरुको जिम्मेवारीमा रहेको ट्राफिक व्यवस्थापन र सडक व्यवस्थापन हुन नसक्दा पथलैया, सिमरा, बजनी, जितपुर, छातापिपरा, नितनपुर, भलुही लगायत स्थानहरुमा नियमित जसो दुर्घटनाहरु भइरहेकै छ। आज मात्रै छातापिपरामा भएको दुर्घटनामा ३ जनाको ज्यान गएको छ। जीतपुरसिमराका धेरै जनसमुदायबाट चिन्ता र स्वाभाविक आक्रोश हामी प्रती मेसेज र सामाजिक संजाल मार्फत व्यक्त भएको छ। यो सडकको व्यवस्थापन तत्काल गर्नको लागि म तपाईंहरुसँग आग्रह गर्दै सहकार्यको लाई अनुरोध गर्दछु।
छातापिपरा दुर्घटनामा ज्यान गुमाउनु भएका मृतक प्रती हार्दिक श्रद्धाञ्जली र परिवार जनमा समवेदना व्यक्त गर्दछु।