विश्वकपको रोमाञ्चदेखि दैनिक सक्रियतासम्म इनर्जी ड्रिंकको साथ

मूलखबर संवाददाता
काठमाडौं, ८ असार

काठमाडौंको कलंकीमा बस्ने २७ वर्षीय राजन महर्जन आफू फुटबलकाे फ्यान भएको बताउँछन्। विशेषगरी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताका खेलहरू हेर्न राति अबेरसम्म जाग्राम बस्नुपर्ने भएकाले आफूले एक्स्ट्रिम रोज्ने गरेको उनको अनुभव छ। “साथीहरूसँग बसेर खेल हेर्दा कहिलेकाहीँ रातभर जागा बस्नुपर्छ। यस्तो बेला एक्स्ट्रिम पिउँदा आफूलाई ताजगी महसुस हुन्छ र खेलको रोमाञ्च अन्तिम मिनेटसम्म मजाले लिन सकिन्छ,” उनले भने।

त्यस्तै, दोलखाकी २४ वर्षीया गीता भुजेल अध्ययनसँगै विभिन्न सामाजिक गतिविधिमा सक्रिय छिन्। दिनभरको व्यस्तता र लामो समयको कामपछि आफूलाई पुनः सक्रिय राख्न एक्स्ट्रिम उपयोगी लागेको उनी बताउँछिन्। “कलेज, अध्ययन र अन्य कामले निकै व्यस्त बनाउँछ। थकान महसुस भएको बेला एक्स्ट्रिमले थप ऊर्जा र ताजगी दिएको अनुभव हुन्छ,” उनले भनिन्।

नुवाकोटका ३४ वर्षीय दीपक थापा व्यवसायमा संलग्न छन्। उनी प्रायः लामो दूरीको यात्रा गर्नुपर्ने बताउँछन्। “व्यवसायका सिलसिलामा धेरै ठाउँ पुग्नुपर्छ। लामो यात्रा र व्यस्त तालिकाबीच कहिलेकाहीँ शरीर थाकेको अनुभव हुन्छ। त्यस्तो अवस्थामा एक्स्ट्रिमले स्फूर्ति महसुस गराएको छ,” थापाले बताए।

उनीहरू मात्रै हाेइन दैनिक जीवनको व्यस्तता, कामको चाप, अध्ययनको तनाव तथा शारीरिक सक्रियताले भरिएको आधुनिक जीवनशैलीमा मानिसहरू आफूलाई ऊर्जावान् र सक्रिय राख्न चाहन्छन् । यही आवश्यकतालाई लक्षित गर्दै नेपाली बजारमा लोकप्रिय बन्दै गएको ब्रान्ड हो – एक्स्ट्रिम इनर्जी ड्रिन्क।

एग्रो थाई फुड्स प्रा.लि.द्वारा नेपालमै उत्पादन हुने एक्स्ट्रिम इनर्जी ड्रिन्कले छोटो समयमै देशभर आफ्नो बलियो पहिचान बनाउन सफल भएको छ। स्वदेशी उद्योगद्वारा उत्पादन हुने भएकाले यसले नेपाली अर्थतन्त्र, रोजगारी र औद्योगिक विकासमा समेत योगदान पुर्‍याइरहेको छ। कम्पनीका अनुसार प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा २० हजारभन्दा बढी व्यक्तिले यससँग सम्बन्धित विभिन्न क्षेत्रमा रोजगारी प्राप्त गरेका छन्।

काठमाडौं, पोखरा, चितवन, विराटनगर लगायतका प्रमुख शहरदेखि ग्रामीण बजारसम्म सहज रूपमा उपलब्ध हुने भएकाले उपभोक्ताले यसलाई सजिलै प्राप्त गर्न सक्छन्। आकर्षक प्याकेजिङ, प्रभावकारी बजार प्रवर्द्धन र युवापुस्तामाझ बढ्दो लोकप्रियताले एक्स्ट्रिमलाई नेपाली बजारमा स्थापित ब्रान्ड बनाएको छ। आजको व्यस्त जीवनशैलीमा जिम जाने युवा, खेलाडी, यात्रामा रहने व्यक्ति, लामो समय अध्ययन गर्ने विद्यार्थी तथा विभिन्न पेशामा संलग्न व्यक्तिहरूले आफूलाई ताजा र सक्रिय राख्न ऊर्जा पेयको प्रयोग गर्ने गरेका छन्। एक्स्ट्रिमले पनि यस्तै उपभोक्ताहरूको आवश्यकतालाई ध्यानमा राखेर आफ्नो बजार विस्तार गरिरहेको छ।

ऊर्जा पेयबारे विभिन्न भ्रमहरू पनि समाजमा पाइन्छन्। धेरै मानिसहरू ऊर्जा पेयमा कफीभन्दा बढी क्याफिन हुन्छ भन्ने सोच्छन्। तर सामान्यतया एक कप कफीमा ८० देखि १०० मिलिग्रामसम्म क्याफिन हुन सक्छ भने ऊर्जा पेयमा नियामक निकायले तोकेको सीमा भित्र मात्र क्याफिन प्रयोग गरिन्छ। त्यस्तै टाउरिनलाई लिएर पनि विभिन्न भ्रमहरू छन्। वास्तवमा टाउरिन शरीरमै प्राकृतिक रूपमा उत्पादन हुने तत्व हो, जसले स्नायु प्रणाली र मस्तिष्कको कार्यक्षमतामा सहयोग पुर्‍याउने मान्यता छ। ऊर्जा पेयमा पाइने भिटामिन B3, B6 र B12 शरीरको ऊर्जा उत्पादन प्रक्रियामा महत्वपूर्ण मानिन्छन्। यिनले दैनिक सक्रियता कायम राख्न सहयोग पुर्‍याउने विश्वास गरिन्छ। साथै, ग्लुकोज शरीर र मस्तिष्कका लागि आवश्यक ऊर्जा स्रोत भएकाले विभिन्न ऊर्जा पेयहरूमा आवश्यकताअनुसार यसको प्रयोग गरिन्छ।

खेलकुदप्रेमीहरूबीच एक्स्ट्रिमको लोकप्रियता अझ बढ्दो देखिन्छ। विशेषगरी अमेरिका, क्यानडा र मेक्सिकोमा सञ्चालन भइरहेका फिफा विश्वकपका खेलहरू हेर्न नेपाली दर्शकहरू राति अबेरसम्म जाग्राम बस्ने गरेका छन्। सामाजिक सञ्जालमा पनि विश्वकप हेर्दै एक्स्ट्रिमको स्वाद लिइरहेका धेरै नेपाली युवाहरूका तस्बिर र अनुभवहरू साझा हुने गरेका छन्। खेलको रोमाञ्चक वातावरणमा आफ्नो मनपर्ने टोलीलाई समर्थन गर्दै खेल हेर्दा धेरै दर्शकहरूको रोजाइ नेपाली उत्पादन एक्स्ट्रिम बन्न थालेको देखिन्छ। विश्वकपको माहोलमा साथीभाइसँगको जमघट, घरपरिवारसँगको सामूहिक अवलोकन तथा खेलप्रेमीहरूको उत्साहपूर्ण सहभागितामा एक्स्ट्रिमले थप जोश र उत्साह थपेको उपभोक्ताहरू बताउँछन्। खेलको अन्तिम मिनेटसम्मको तनाव, रोमाञ्च र उत्सवलाई अझ जीवन्त बनाउन यसले साथ दिएको धेरैको अनुभव छ।

कम्पनीका अनुसार एक्स्ट्रिम इनर्जी ड्रिन्क विश्वस्तरीय उत्पादन मापदण्ड, गुणस्तर नियन्त्रण र आधुनिक उत्पादन प्रक्रियाअनुसार तयार गरिन्छ। यही कारण छोटो समयमै यसले उपभोक्तामाझ विश्वास निर्माण गर्न सफल भएको छ।यद्यपि कुनै पनि ऊर्जा पेय पदार्थ जिम्मेवारीपूर्वक सेवन गर्नुपर्छ। विशेषगरी बालबालिका, गर्भवती महिला तथा दीर्घरोगी व्यक्तिहरूले चिकित्सकीय सल्लाहबिना सेवन गर्नु उपयुक्त हुँदैन। पर्याप्त आराम, सन्तुलित आहार र स्वस्थ जीवनशैलीसँगै यसको प्रयोग गर्नुपर्छ।स्वदेशी उत्पादनलाई समर्थन गर्ने, ऊर्जा र सक्रियता खोज्ने, खेलकुदको रोमाञ्चलाई अझ नजिकबाट अनुभव गर्न चाहने तथा गुणस्तरीय नेपाली ब्रान्ड रोज्न चाहनेहरूका लागि एक्स्ट्रिम इनर्जी ड्रिन्क आकर्षक विकल्प बनेको छ। यही कारण आज धेरै उपभोक्ताहरूको एउटै भनाइ छ । ऊर्जा, ताजगी, उत्साह र स्वदेशीपनको अनुभूति एकैसाथ पाउन चाहनेहरूका लागि एक्स्ट्रिम रोजाइको पेय बन्दै गएको छ।