१२ घण्टामा पनि बनेन सहमति, शुरू हुनै सकेन बन्द सत्र, लम्बिने भयाे महाधिवेशन
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)को बन्द सत्र शुरू नै नभई आज स्थगित भएको छ ।
हिजाे उदघाटनपछि आज विहान ८ बजे शुरू हुने भनिएकाे बन्द सत्र १२ घण्टा सम्म पनि शुरू हुन नसकेको हाे । यससँगै महाधिवेशनको समय लम्बिने भएको छ । सोमबार साँझ प्रवक्ता मनिष झाले महाधिवेशन असार १० गते(बुधबार)सम्म चल्ने जानकारी दिए ।
यसअघि आइतबारबाट सुरु भएको महाधिवेशन सोमबार र मंगलबारगरी तीन दिनसम्म चल्ने भनिएको थियो ।
रास्वपाले सहमति मै केन्द्रीय समिति चयन गर्न खाेज्दा नमिलेपछि बन्द सत्र शुरू हुन नसकेको हाे ।




