सातै प्रदेशले ल्याए बजेट
सात प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि करिब तीन खर्ब १० करोड रुपैयाँको बजेट ल्याएका छन् ।
प्रदेशका अर्थमन्त्रीहरूले सोमबार आ–आफ्नो प्रदेश सभामा आगामी आवका लागि सोबराबरको बजेट ल्याएका हुन् । चालू आवका लागि प्रदेशहरूले दुई खर्ब ८७ अर्ब ७० करोड ३३ लाख रुपैयाँको बजेट ल्याएका थिए ।
चालु आवको तुलनामा आगामी आवको बजेट ४.३१ प्रतिशत ठूलो हो । त्यसमा पुँजीगत बजेट भने एक खर्ब ६० अर्ब ९४ करोड ३१ लाख रुपैयाँ रहेको छ । चालू बजेट ७४ अर्ब ८८ करोड आठ लाख २३ हजार रुपैयाँ रहेको छ ।



