हुवाईकाे वाच फिट ५ प्याकेज सार्वजनिक
नेपाल, अब उठ्ने, सक्रिय बन्ने र स्वस्थ जीवनशैली अपनाउने समय आएको छ !
Call Mobility Pvt. Ltd. (HUAWEI) ले नेपालमा नयाँ HUAWEI WATCH FIT 5 लाई देशकै पहिलो ‘मर्निङ फिटनेस क्लब पार्टी’ तथा त्यसपछिको ५ किलोमिटर दौड कार्यक्रम मार्फत औपचारिक रूपमा सार्वजनिक गरेको छ। यो विशेष कार्यक्रमले फिटनेसप्रेमी, स्वास्थ्य सचेत व्यक्तित्व, कन्टेन्ट क्रिएटर तथा प्रविधिप्रेमीहरूलाई एकै ठाउँमा ल्याएर व्यायाम, संगीत र नवीन प्रविधाको अनुपम अनुभव प्रदान गर्यो।
Meltdown सँगको सहकार्यमा आयोजित उक्त कार्यक्रम ठमेलस्थित Club Nova मा सम्पन्न भएको थियो। कार्यक्रममा स्थललाई फिटनेस र लाइफस्टाइलको आकर्षक केन्द्रका रूपमा रूपान्तरण गरिएको थियो, जसले HUAWEI WATCH FIT 5 को सक्रिय, स्टाइलिस र आधुनिक जीवनशैलीलाई झल्काउने विशेषतालाई प्रतिविम्बित गरेको थियो। स्टाइलमा कुनै सम्झौता नगरी सक्रिय जीवनशैली अपनाउन चाहने प्रयोगकर्तालाई लक्षित गरी डिजाइन गरिएको HUAWEI WATCH FIT 5 ले आकर्षक, हलुका र आधुनिक डिजाइनसँगै उन्नत स्वास्थ्य तथा फिटनेस ट्र्याकिङ सुविधाहरू प्रदान गर्दछ। स्ट्र्यापबाहेक करिब २७ ग्राम मात्र तौल भएको र ९.५ मिमि पातलो डिजाइनमा उपलब्ध यो स्मार्टवाच दिनभर लगाउन सहज र आरामदायी छ।
यसमा रहेको १.८२ इन्चको AMOLED डिस्प्ले ले अधिकतम २,५०० निट्स सम्मको ब्राइटनेस प्रदान गर्दछ, जसले गर्दा कडा घाममा पनि नोटिफिकेसन, स्वास्थ्यसम्बन्धी जानकारी तथा वर्कआउट डाटा सजिलै हेर्न सकिन्छ। HUAWEI WATCH FIT 5 मा रहेको Mini-Workout Assistant ले केही मिनेटमै शरीरलाई पुनः ऊर्जावान बनाउन मद्दत गर्दछ। यसमा घाँटी, काँध, ढाड लगायत शरीरका १० विभिन्न भागहरू लक्षित ३० वटा छोटा तथा निर्देशित व्यायामहरू समावेश छन्, जसका लागि कुनै अतिरिक्त उपकरण आवश्यक पर्दैन।
व्यस्त जीवनशैलीलाई ध्यानमा राखेर डिजाइन गरिएको यस स्मार्टवाचले हल्का प्रयोगमा १० दिनसम्म, सामान्य प्रयोगमा ७ दिनसम्म तथा Always-On Display सक्रिय हुँदा ४ दिनसम्म ब्याट्री ब्याकअप प्रदान गर्दछ। वायरलेस चार्जिङ सुविधासहित उपलब्ध यस डिभाइसमा Bluetooth तथा NFC सपोर्ट पनि रहेको छ।Android 9.0 वा सोभन्दा माथिका तथा iOS 13.0 वा सोभन्दा माथिका स्मार्टफोनहरूसँग सहज रूपमा काम गर्ने HUAWEI WATCH FIT 5 ले प्रयोगकर्ताको दैनिक जीवनलाई अझ स्मार्ट बनाउँछ। यसमा रहेको इनबिल्ट स्पिकर र माइक्रोफोन मार्फत अझ सुविधाजनक वेयरेबल अनुभव प्राप्त गर्न सकिन्छ।
स्वस्थ जीवनशैलीलाई प्रोत्साहन गर्ने उद्देश्यले यस स्मार्टवाचमा उन्नत Optical Heart Rate Sensor सहित विभिन्न स्वास्थ्य तथा गतिविधि मापन गर्ने सेन्सरहरू समावेश छन्। यसमा Accelerometer, Gyroscope, Magnetometer, Ambient Light Sensor, Barometer तथा Temperature Sensor जस्ता अत्याधुनिक सेन्सरहरू उपलब्ध छन्। नवीनताको अर्को महत्वपूर्ण उपलब्धिका रूपमा Huawei ले सोही अवसरमा HUAWEI FreeClip 2, HUAWEI FreeBuds 7i तथा HUAWEI FreeBuds SE 2 समेत नेपाली बजारमा सार्वजनिक गरेको छ। यी नयाँ अडियो उत्पादनहरूले प्रयोगकर्तालाई अझ सहज, स्मार्ट तथा उत्कृष्ट ध्वनि अनुभव प्रदान गर्ने लक्ष्य राखेका छन्।
मूल्य तथा उपलब्धता
• HUAWEI WATCH FIT 5 – रु. 27,990
• HUAWEI FreeClip 2 – रु. 33,990
• HUAWEI FreeBuds 7i – रु. 17,990
• HUAWEI FreeBuds SE 2 – रु. 7,490
यी सबै उत्पादनहरू नेपालभर रहेका अधिकृत HUAWEI रिटेल स्टोर तथा रिसेलरहरू मार्फत उपलब्ध छन्।
वेबसाइटहरू:
• https://efix.com.np/product/huawei-fit-5
• https://www.instagram.com/huawei.nepal/
• https://www.facebook.com/HuaweimobileNP/




