अमेरिकी डलरकाे मूल्य स्थिर, अष्ट्रेलियनकाे घट्याे अरूको कति ?

मूलखबर संवाददाता
काठमाडौं, २५ जेठ

नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५१ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५२ रुपैयाँ २२ पैसा निर्धारण गरिएको छ । आइतबार पनि यही दरमा कारोबार भएको थियो।

यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ ६८ पैसा र बिक्रीदर १७५ रुपैयाँ ३७ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०२ रुपैयाँ २८ पैसा र बिक्रीदर २०३ रुपैयाँ ०८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९० रुपैयाँ ४१ पैसा र बिक्रीदर १९१ रुपैयाँ १६ पैसा कायम गरिएको छ ।

त्यस्तै अस्ट्रेलियन डलरको मूल्यमा केही कमी आएको छ। एकको खरिददर १०६ रुपैयाँ ८५ पैसा र बिक्रीदर १०७ रुपैयाँ २७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपैयाँ ८१ पैसा र बिक्रीदर १०९ रुपैयाँ २४ पैसा तोकिएको छ। आइतबार एकको खरिददर १०८ रुपैयाँ २९ पैसा र बिक्रीदर १०८ रुपैयाँ ७२ पैसा थियो।