रास्वपा काठमाडौं सभापतिमा राजा शाक्य

मूलखबर संवाददाता
काठमाडौं, २४ जेठ

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) काठमाडौँको जिल्ला सभापतिमा राजा शाक्य निर्वाचित भएका छन् । पार्टीको प्रथम जिल्ला अधिवेशनले शाक्यलाई जिल्ला सभापति निर्वाचित गरेको हो ।

निर्वाचन समितिका अनुसार कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए। खसेको मतमध्ये ४३३ मत सदर र ५ मत बदर भएको थियो।

उनका निकटतम प्रतिद्वन्द्वी सुरेश सापकोटाले १८२ मत प्राप्त गरे। उपसभापतिमा रवीन्द्र गौतम २१६ मतका साथ निर्वाचित भए। उनले स्वयम्बर खड्कालाई ५ मतको अन्तरले पराजित गरेका हुन ।

प्रथम जिल्ला अधिवेशनमा कुल ५२८ मतदातामध्ये ४३८ जनाले मतदान गरेका थिए।
त्यसैगरी  सचिवमा सन्तमान महर्जन, सहसचिवमा सौरभ बस्नेत र सदस्यहरूमा सम्शेर बहादुर श्रेष्ठ, केदार प्रसाद रैला र बलराम कार्की निर्वाचित भएका छन्।