भारतमा कक्राेचकाे विशाल प्रदर्शन, नेता अभिजितले भने- `याे ट्रेलरमात्रै हाे´
भारतमा सामाजिक सञ्जालमा उदाएकाे कक्राेच अभियानले वास्तविक रूपमा मैदानमा आएर शक्ति प्रदर्शन गरेको छ ।
राजधानी दिल्लीमा शनिवार भएको कक्रोच जनता पार्टी (सीजेपी) को विरोध प्रदर्शन शान्तिपूर्णरूपमा सकिएको छ। उक्त प्रदर्शनलाई मध्यनजर गर्दै त्यहाँको सुरक्षा व्यवस्था कडा पारिएको थियो।
ठट्टाको रूपमा स्थापित भएको भारतको सबैभन्दा ठूलो अनलाइन युवा अभियानमा सहभागी हुन सीजेपीका संस्थापक अभिजित दीपके अमेरिकाबाट शनिवार बिहान दिल्ली ओर्लिएर जन्तर मन्तर पुगेका थिए।
प्रदर्शनमा नेता अभिजित दीपकेले याे ट्रेलर मात्रै भएको बताएका छन् । सामाजिक सञ्जाल एक्समा उनलेे लेखेका छन्, “आमाबुवालाई भेट्न घर जाँदैछु, उहाँहरूलाई अन्तिम पटक मैले भेटेको एक वर्षभन्दा बढी भइसकेको छ। विगत १५ दिनमा उहाँहरूले धेरै दुख भोगिसक्नुभयो र धम्कीहरूका कारण घर छोड्नुपर्यो। उहाँहरूलाई घर फर्काउनेछु।”
“तपाईँको जानकारीका लागि आजको प्रदर्शन केवल ट्रेलरमात्रै थियो। त्यति ठूलो सङ्ख्यामा उपस्थित भइदिनुभएकोमा धन्यवाद।”




