सार्वजनिक सेवा प्रसारण संस्थाको दरखास्त २४ घण्टामा नै रद्द गर्याे सरकारले

मूलखबर संवाददाता
काठमाडौं

सरकारले सार्वजनिक सेवा प्रसारण संस्थाको दरखास्त आह्वान सूचना खोलेको २४ घण्टामा नै रद्द गरेको छ ।

सूचना तथा सञ्चार मन्त्रालयले बिहीबार संस्थाको रिक्त रहेको अध्यक्ष पदका लागि दरखास्त सूचना आह्वास आह्वान गरेको थियो तर शुक्रबार नै उक्त आह्वान रद्द गरिएको सूचना सार्वजनिक गरिएको छ ।

विशेष कारणवश दरखास्त आह्वान रद्दा गरिएको मन्त्रालयको भनाइ छ ।