बार एशाेसियसन ललितपुरमा नेकपा निकट टिम विजयी

मूलखबर संवाददाता
ललितपुर, ३ जेठ

नेपाल बार एशाेसिएशन ललितपुरमा नेकपाका निकट कानुन व्यवसायीले क्लिनस्वीप गरेका छन् ।

शनिबार भएकाे २९औं कार्यसमितिको निर्वाचनबाट अधिवक्ता कृष्णप्रसाद सुवेदीकाे अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएकाे हाे । सुवेदीले दयाभक्त डंगाेलकाे प्यानललाई पराजित गरेका हुन् ।

डंगाेलले नेकपाकै असन्तुष्ट पक्षसहित कांग्रेस र एमालेका कानुन व्यवसायीकाे साथ पाएका थिए । तर उनले ६ मतले पराजय भाेगे । नयाँ कार्यसमितिमा उपाध्यक्ष भने डंगाेलकाे प्यानलबाट विजयकुमार बस्नेत निर्वाचित भए ।

सचिवमा सुवेदी प्यानलका चन्द्रप्रसाद गुरागाई, काेषाध्यक्षमा इन्दु पाण्डेय निर्वाचित भए । सहसचिवमा भने सुवेदी प्यानलका मीरा महर्जन निर्विराेध निर्वाचित भइन् ।

कार्यसमिति यसप्रकार छ :

१. अध्यक्ष: अधिवक्ता कृष्णप्रसाद सुवेदी २. उपाध्यक्ष: अधिवक्ता बिजय कुमार बस्नेत ३. सचिव: अधिवक्ता चन्द्रप्रसाद गुरागाई ४. सह- सचिव: अधिवक्ता मिरा महर्जन ५. कोषाध्यक्ष: अधिवक्ता इन्दु पाण्डेय ६. सदस्य: अधिवक्ता सन्ध्या कार्की ७. सदस्य: अधिवक्ता पवित्रा आलेमगर ८. सदस्य: अधिवक्ता आइमान तामाङ ९. सदस्य: अधिवक्ता गोपाल राज अर्याल १०. सदस्य: अधिवक्ता दावा तामाङ ११. सदस्य: अधिवक्ता सरिता तिमल्सेना १२. सदस्य: अधिवक्ता गोविन्द बहादुर पुन १३. सदस्य: अधिवक्ता किरण पोख्रेल १४. सदस्य: अधिवक्ता रन्जित कँडेल १५. सदस्य: अधिवक्ता उजला महर्जन