एसईईपछि विद्यार्थीमा अन्याेल, सरकारे असार १ बाट मात्रै भर्ना अभियान चलाउने
माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै विद्यार्थीहरू कुन कलेजमा पढ्ने भनेर सलबलाईरहेका छन् । सरकारले भने अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू गर्ने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै नतिजा प्रकाशित गरेपछि भर्ना पनि चाँडै खुल्ने भएको हो ।
कतिपय विद्यालयहरुले एसईई नतिजाको भोलिपल्टैदेखि अनलाइन र भौतिक दुवै माध्यमबाट आवेदन लिन थालिसकेका छन् ।
काठमाडौं महानगरपालिकाले पनि छात्रवृत्तिका लागि अनलाइन फाराम खुला गरिसकेको छ । तर, यतिबेला अघिल्लो शैक्षिक सत्रको कक्षा ११ को पठनपाठन र परीक्षा सकिएको छैन । एउटै विद्यालयमा दुईवटा ब्याच एकैसाथ व्यवस्थापन गर्नुपर्ने कुराले विद्यार्थी र अभिभावकहरू भने अन्योलमा परेका छन् ।




