बालबालिकाको अधिकार संरक्षण र सम्बर्धनका लागि संचारकर्मीकाे भूमिका महत्वपूर्ण
बाल अधिकार संरक्षण र सम्बर्धनका लागि संचारकर्मि र सञ्चारमाध्यमले महत्वपूर्ण भूमिका खेल्नुपर्नेमा सराेकारवालाहरूले जाेड दिएका छन् ।
बाल अधिकार संरक्षण र सम्बर्धनमा सञ्चारकर्मीहरूको भूमिका विषयक छलफल कार्यक्रमा प्रस्ताेता र सहभागिहरूले बाल अधिकार कानुनमा लेखेर मात्रै नहुने र कार्यान्वयनमा लैजानुपर्नेमा जाेड दिएका हुन् ।

आज ललितपुरको पुल्चोकमा सम्पन्न भएको साे कार्यक्रममा पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख डाक्टर कुन्दन अर्यालले बालबालीकाकाे अधिकार र सहभागिताकाे साथसाथै पत्रकारले अपनाउनुपर्ने संवेदनशीलता अहिले महत्वपूर्ण भएकाे बताउनुभयाे । कार्यक्रममा अर्यालले सहभागीहरुलाई सञ्चारकर्मीले बालअधिकार संरक्षण र सम्बर्धनमा खेल्नुपर्ने भूमिका बारे प्रकाश पार्नुभएको थियो।
सो अवसरमा प्राडा. कुन्दन अर्यालले बालअधिकारका विषयमा कार्यपत्र प्रस्तुत गर्दै विश्वमा १९९० देखि बालअधिकारको सवालमा आवाज उठ्न थालेकोमा यस क्षेत्रमा निरन्तरको प्रयासले राम्रा अभ्यास र कामहरू हुँदैछन् तर एकपटकको वा एक दशकको पहलले मात्र बालअधिकारको प्रवद्र्धन सम्भव नहुने भएकोले सधैं बोलिरहनुपर्ने, लेखिरहनुपर्ने र राज्यलाई योजनाबद्ध ढङ्गमा काम गर्न घचघच्याइरहनुपर्ने अवस्था रहेको बताउनुभयो ।
बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान ले आयोजना गरेको यस कार्यक्रममा विभिन्न सञ्चारगृह ,मिडिया हाउस मा कार्यरत सम्पादक, संचारकर्मीहरूको सहभागिता रहेको थियो।
रष्ट्रिय समाचार समितिका वरिष्ठ सञ्चारदाता प्रकाश सिलवालले मिडियाकर्मीहरुले बालबालिकाको सवालमा विषेश स्थान र प्राथमिकता दिनु पर्ने बताउनु भयो ।
कार्यक्रममा ३३.८४ जनसंख्या ओगटेको बालबालिकाको विषय व्यापक रुपमा संचारमाध्याममा उठाउन पर्नेमा जोड रहेको थियो ।
कार्यक्रममा संस्थाका अध्यक्ष तिलाेत्तम पाैडेलले ३४ बुँदामा अागामी दिनमा उठाउनुपर्ने एजेण्डा प्रस्तुत गर्नुभएकाे थियाे भने सहयाेगी संस्था प्लान नेपाल इन्टरनेशनलका इरसाद अन्सारीले बालबालीकाकाेअधिकार र संरक्षाण तथा प्रवदर्नकाे बुरा कहिल्यै पनि पूर्णा नहुने भएकाले निरन्तर लागिरहनुपर्ने बताउनुभयाे ।
बालबालिका शान्ति क्षेत्र अभियानका अध्यक्ष पौडेलले बालबालिकाले सुरक्षित वातावरणमा निर्धक्क भएर बाँच्न पाउने, पढ्ने र खेल्ने हुर्कने अधिकारसहित स्वास्थ्य, शिक्षा, पोषणको अधिकार सुरक्षाका लागि नागरिक समाज, सञ्चार क्षेत्र र स्थानीय तह र राज्यले गर्नुपर्ने कामको सन्दर्भमा चर्चा गर्नुभयो ।
उहाँले बालबालिका सम्बन्धी ऐनहरूलाई पनि एकीकृत रूपमा ल्याउनुपर्नेमा जोड दिँदै बालअधिकार सम्बन्धी ऐन, बालश्रम सन्वन्धी ऐन र अन्य ऐनका विषयहरू बाझिँदा पनि कार्यान्वयनको तहमा रहेका व्यक्तिहरू रनभुल्लमा पर्ने बालबालिकामाथि अन्याय हुने स्थिति हुने बताउनुभयो ।

सो अवसरमा इन्सेक नेपालका सुचना अधिकारी कृष्ण गौतम, पत्रकार प्रकाश सिलवाल, सन्तोष पौडेल, देवी सापकोटा, पुष्पा अधिकारी, सफलता भण्डारी र प्लान इन्टरनेसनल नेपालका नीति पैरवी व्यवस्थापक इर्साद अन्सारीलगायतले आ–आफ्ना विचार प्रस्तुत गर्नुभएको थियो ।








