लमजुङकी सांसद रिमाल बनिन् गण्डकी प्रदेशकाे उद्योग तथा पर्यटन मन्त्री
गण्डकी प्रदेश सरकारको उद्योग तथा पर्यटन मन्त्रीमा लमजुङकी सांसद एशाेदा रिमाल नियुक्त भएकी छिन् ।
गत प्रदेशसभा निर्वाचनमा नेकपा एमालेका तर्फबाट समानुपातिक प्रणालीमार्फत प्रदेश सभा सदस्य निर्वाचित भएकी थिइन् ।
उनले बुधबार नै मन्त्रीकाे सपथ लिएर पदभार ग्रहण गरेकी छिन् ।





