अमेरिका-इरान वार्ता निष्कर्षविहिन, अब के हाेला ?

मूलखबर संवाददाता
काठमाडौं, २९ चैत

एक महिनाभन्दा लामाे भिषण हमला र द्वन्दपछि अमेरिका र इरानबीच पाकिस्तानको राजधानी इस्लामावादमा रातभरि भएकाे वार्ता  निष्कर्षविहिन टुंगिएकाे छ।

इस्लामावादको होटल सेरेनामा शनिबार दिउँसोदेखि सुरू भएको त्रिपक्षीय वार्ता आइतबार बिहान ५ बजेसम्म चलेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका थिए ।  विभिन्न चरणमा भएका वार्ता अन्तिममा इरानले शर्त नमान्दा असफल भएकाे अमेरीकी उपराष्ट्रपति जे डी भान्सले बताएका छन् ।

पाकिस्तानाको इस्लामावादमा भएको ऐतिहासिक वार्तामा अमेरिका र इरानबिच सहमति जुट्न नसकेको अमेरिकी उपराष्ट्रपति जेडी भान्सले सार्वजनीक गरेका छन्। वार्ता असफल भएसँगै अमेरिकी वार्ता टोली पाकिस्तानबाट फर्किएको छ। फर्किनुअघि वार्ता टोलीको नेतृत्व गरेका भान्सले पत्रकार सम्मेलन गरेका थिए। जसमा उनले आफुहरू लचक भएपनि इरान मुख्य विषयमा सहमतिमा आउन नचाहेको बताए।

आफ्ना सर्तहरु मान्न इरान तयार भएको उनको दाबी छ। इरानको न्युक्लियर हतियारमाथिको नियन्त्रणलाई आफुरुको मुख्य सर्त रहेको अमेरिकी उपराष्ट्रपतिको भनाई छ। इरानको विदेश मन्त्रालयले पनि बिज्ञप्ति प्रकाशन गरी अमेरिकाले अत्याधिक सर्तहरू राखेको जनाएको छ। अमेरिका र इरानबिच ४७ वर्षपछि प्रत्यक्ष वार्ता भएको हो।