संसदकाे २१ सदस्यीय कार्यव्यवस्था समिति गठन, काे काे भए सदस्य ?
संसद सञ्चालनका लागि सभामुख अर्यालले २१ सदस्यीय कार्यव्यवस्था परामर्श समिति गठन गरेको जानकारी दिएका छन् । साेमबारकाे बैठकमा साे जानकारी गराएका हुन् ।
सभामुख अर्यालका अनुसार समितिमा अचुतम लामिछाने, अप्साना बानु, आरएन राई, केपी खनाल र कामिनी चौधरी छन् । त्यस्तै समितिमा क्रान्तिशिखा धिताल, खुश्बु ओली, गणेशसिंह ठगुन्ना, गुरुप्रसाद बराल, गंगालक्ष्मी अवाल र तपेश्वर यादव छन् ।
त्यस्तै देवराज पाठक, नरेन्द्रकुमार केरुङ, प्रकाशचन्द्र परियार, निशा डाँगी, बोधनारायण श्रेष्ठ, मिनाकुमारी यादव, युवराज दुलाल, राजन गौतम, डा.राम लामा र विपिनकुमार आचार्य रहेका सभामुख अर्यालले बताए ।





