अजिरकाेटकाे दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न
अजिरकोट गाउँपालिकाको आर्थिक वर्ष २०८२/०८३ को दोस्रो चौमासिक सार्वजनिक सुनुवाइ कार्यक्रम वडा नं. ३ को सभाहल हंसपुरमा सम्पन्न भएको छ।
सहभागीहरूले विभिन्न सेवा प्रवाह, विकास निर्माण, पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनसँग सम्बन्धित प्रश्न, गुनासा र आलोचनात्मक सुझावहरू प्रस्तुत गरेका थिए।
कार्यक्रमका क्रममा उठाइएका प्रश्न तथा गुनासाहरूलाई गाउँपालिकाले गम्भीरतापूर्वक लिएको छ। स्थानीय तहप्रति नागरिकको चासो र सहभागिता नै सुशासनको आधार भएको उल्लेख गर्दै गाउँपालिका अध्यक्ष दीपक देवकोटाले सार्वजनिक सुनुवाइ कार्यक्रमलाई अझ प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धता व्यक्त गर्नु भयाे। साथै, स्थानीयले उठाएका विषयवस्तुहरूलाई प्राथमिकताका साथ सम्बोधन गर्दै आगामी योजना तथा कार्यक्रमहरूमा समावेश गरिने बताउनु भयाे ।
गाउँपालिकाका प्रतिनिधिहरूले सेवा प्रवाहमा देखिएका समस्या समाधान, विकास योजनाको प्रभावकारी कार्यान्वयन, र जनअपेक्षाअनुसार काम गर्ने दिशामा आफूहरू प्रतिबद्ध रहेको स्पष्ट पारे। कार्यक्रमले स्थानीय तह र नागरिकबीचको सम्बन्धलाई अझ सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरिएको छ।
उक्त कार्यक्रम गाेरखा सन्देश मिडिया प्रा. लिकाे समन्वय भएकाे थियाे ।





