ठेक्का भएका याेजना समयमै सम्पन्न नगरे कानुनी कार्वाहीमा जाने खानीखाेला सरकारकाे चेतावनी
काभ्रे जिल्लाकाे खानीखाेला गाउँपालिका सरकारले ठेका भएका तर समय गुज्रिसके पनि काम सम्पन्न नभएका कतिपय योजनाहरु समयमै सम्पन्न नगरेमा आवश्यक कानुनी कार्वाहीमा जाने चेतावनी दिएकाे छ ।
पालिका अध्यक्ष इन्द्रबहादुर थिङ छिन्ताङले एक प्रेस नाेट जारी गर्दै साे चेतावनी दिएका हुन् । जनताको बिकास निरमाणको काममा ढिला सुस्ती र लापरबाही गरि नै रहे सार्बजानिक सूचना मार्फत नाम प्रकाशन गर्ने पनि उनले बताएका छन् ।
उनलेे लेखेका छन्-
यस खानीखोला गाउँपालिका अन्तर्गत प्रदेश तथा स्थानीय तहबाट विभिन्न मितिमा ठेका भएका तर समय गुज्रिसके पनि काम सम्पन्न नभएका कतिपय योजनाहरु समयमै कार्यसम्पन्नको लागि स्थानीय सरकरको तर्फबाट पटक पटक पत्र मार्फत समेत ताकेता गर्दा पनि सम्बन्धित निर्माण कम्पनीले बेवास्ता गरिरहेको तर्फ हामी गम्भीर छौ।
यसरी ठेक्का भएका कामहरूको गुणस्तरीयता बारे पनि अनुगमन गरि सम्बन्धित निकायहरुमा जानकारी गरेका छौ।
यसरी जनताको बिकास निरमाणको काममा ढिला सुस्ती र लापरबाही गरि नै रहे सार्बजानिक सूचना मार्फत नाम प्रकाशन गर्नुका साथै आबश्यक कानुनी प्रक्रियामा जाने ब्यहोरा सुचित गरिन्छ।





