महिला मन्त्रालय अन्त गाभ्ने हाेइन, थप सशक्त बनाउने हाे : बस्नेत
महिला अधिकारकर्मी एवम् पत्रकार बबिता बस्नेतले महिला मन्त्रालयलाई अन्यत्र गाभ्ने काम उचित नहुने बताएकी छिन् ।
जेन जी आन्दोलनपछि भएको चुनावपछि बालेन नेतृत्वमा सरकार बन्ने र मन्त्रालयकाे संख्या घटाउन महिला मन्त्रालय अन्यत्र गाभ्ने तयारी भइरहँदा उनले महिला मन्त्रालयलाई थप सशक्त बनाउन माग गरेकी छिन् ।
उनलेे नेपालमा महिला मन्त्रालयको स्थापना नेपालको मात्र नभइ नेपालको महिला आन्दोलनको माग र संघर्ष भएको बताउँदै लेखेकी छिन् – महिला मन्त्रालयको स्थापना अहिले महिला मन्त्रालय अरु मन्त्रालयमा गाभ्ने नभई यसलाई थप मजबुत र शक्तिशाली बनाउने समय हो ।
उनलेे लेखेकी छिन् –
महिला मन्त्रालयको स्थापना नभइ (नेपालको महिला आन्दोलनको माग र संघर्ष त हो नै) बिश्वको महिला आन्दोलनको उपलब्धि हो । सन १९९५ मा चीनको राजधानी बेइजिङमा सम्पन्न चौथो बिश्व सम्मेलनपछि हामी कहाँ र अन्य धेरै मुलुकमा महिलाका मुद्दा हेर्ने मन्त्रालय र निकायहरु स्थापना गरियो । कसैले लैङ्गिक समानता, महिला मामिला नामहरु जे जे भएपनि मुख्य उद्देश्य मुलुकमा समानता कायम गर्ने, महिलाको हैसियत र आत्मसम्मान बढाउने हो । हामी कहाँ महिलाको प्रतिनिधित्वको सवालमा केहि कामहरु भएका पनि छन तर गर्न धेरै बाकी छ । बिगतमा प्रत्येक जिल्लामा भएका महिला बिकास शाखाहरु नहुदा त्यसैपनी महिलाका धेरै मुद्दाहरु छायामा पर्ने गरेका छन । अहिले महिला मन्त्रालय अरु मन्त्रालयमा गाभ्ने नभई यसलाई थप मजबुत र शक्तिशाली बनाउने समय हो । यो मन्त्रालय त्यसै आएको होईन, ठुलो संघर्षको उपलब्धि हो । महिला मन्त्रालयमा अरु के के थप्ने त्यो चाहिँ बहसको विषय हुनसक्छ ।





