सुनचाँदी मूल्य फेरि घट्याे, कति पुग्याे ?

मूलखबर संवाददाता
काठमाडौं, ८ चैत

सुनको मूल्यमा भारी गिरावट आएको छ। अघिल्लो साताको अन्तिम कारोबार दिन शुक्रबारको तुलनामा यसदिन तोलामा १२ हजार ५०० रुपैयाँले घटेको हो।

नेपाल सुन- चाँदी व्यवसायी महासंघका अनुसार १२ हजार ५०० रुपैयाँले घटेर प्रतितोला सुनको भाउ २ लाख ८२ हजार कायम भएको छ। गत शुक्रबार एक तोला सुनको मूल्य २ लाख ९४ हजार ५०० पुगेको थियो।

सुनको मूल्य घटेसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। महासंघका अनुसार यसदिन एक तोला चाँदी ४ हजार ५४० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबार प्रतितोला चाँदी  ५ हजार १० रुपैयाँमा खरिदबिक्री भएको थियो। शुक्रबारको तुलनामा चाँदीको मूल्य ४७० रुपैयाँले घटे‍को हो।