कस्तो छ तपाईंको राशिफल ?

मूलखबर संवाददाता
काठमाडौं, ३० फागुन

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)

विशिष्ट व्यक्तिलाई प्रभावित तुल्याएर काम बनाउन सकिनेछ । आर्थिक क्षेत्र सबल रहनेछ । स्वास्थ्यमा सकारात्मक संकेत देखिनेछ । व्यापारबाट राम्रो फाइदा लिन सकिन्छ । भौतिक साधनको जोहो हुनुका साथै मनोरञ्जनात्मक क्रियाकलापमा सक्रिय हुने अवसर जुट्नेछ । मातापिता र अभिभावक वर्गसँगको सम्बन्धमा सुधार आउनेछ । ढिलै भए पनि तपाईंले भनेजसरी नै काम सम्पन्न हुनेछ ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

साताको प्रारम्भबाटै नयाँ योजना कार्यान्वयन गर्ने र दीर्घकालीन योजना बनाउँदा भाग्यको साथ मिल्ने देखिन्छ । कृषिजन्य व्यवसायबाट राम्रो आर्थिक उपार्जन हुने समय छ । पढाइमा प्रगति हुनेछ । मिष्ठान्न भोजनको अवसर प्राप्त हुने योग छ । गहना, कपडा वा धातुको कुनै वस्तु खरिद गर्दा लाभ प्राप्त हुनेछ । दीर्घकालिक योजनालाई मूर्त बनाउन चिन्तन महत्वपूर्ण बन्न सक्छ ।

शरीरमा आरोग्य एवं स्फूर्ति बढ्नेछ । विशिष्ट व्यक्तित्वसँग भेटघाट गर्ने अवसर जुट्ला । मनपर्ने वस्त्र, अलंकार आदि लाभ होलान् । साताको अन्त्यमा मानसम्मान पाइनेछ । आम्दानी पनि प्रशस्तै हुनेछ । सहयोगीहरू जुट्नेछन् ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

घरपरिवारमा रमाइलो जमघट हुनेछ । गर्न लागेको काममा सबैले साथ दिनेछन् । प्रशासनिक र राज्यपक्षबाट हुनुपर्ने काममा सफलता प्राप्त हुनेछ । शुभसमाचारको आगमनले मन प्रसन्न रहने समय छ । शत्रुहरू पराजित हुनेछन् । यश, सम्मान र प्रतिष्ठा प्राप्त हुनेछ । विपरीतलिंगीबाट आवश्यक सहयोग मिल्नेछ । पारिवारिक समस्यालाई हल गर्न तल्लीन हुनुपर्नेछ ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

घरपरिवार र छरछिमेकमा असमझदारी बढ्न सक्छ । बौद्धिक र लेखनकार्यमा सफलता प्राप्त हुने योग छ । सन्तति पक्ष र भाइबहिनीले खुसीको वातावरण सिर्जना गर्नेछन् । साथीभाइले तपाईंका सकारात्मक कामको समुचित मूल्यांकन गर्नेछन् । मनोरञ्जनका लागि राम्रै समय छ । साझेदारीबाट राम्रो प्रतिफल प्राप्त हुनेछ । साताको अन्त्यमा आर्थिक समस्या निराकरण गर्ने उपाय पत्ता लाग्नेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

राजनीतिक चासो बढ्नेछ । तीर्थव्रत तथा देवालयको भ्रमण हुन सक्छ बिहीबारपछि परिवारमा मतभेद हुनेछ । प्रतिकूल परिस्थितिले पछ्याउनेछ । सानातिना कामको झमेला आउन सक्छ । गरिएको लगानीबाट दीर्घकालीन फाइदा नहुन सक्छ । साताको अन्त्यमा समय उत्साहवद्र्धक रहला । नयाँ ज्ञान प्राप्त हुने योग छ । अध्ययन–अध्यापन सफल रहेको छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

परिवारमा ठुलो जमघट वा धार्मिक सामाजिक कार्य सम्पन्न हुनेछ । विशिष्ट व्यक्तिले विचारको कदर गर्नेछन्, महत्वपूर्ण कार्य सम्पन्न हुने मौका छ । बुधबारपछि आफूले ताकेअनुरूप काम नबन्नाले दिक्क लाग्नेछ । साताको अन्त्यमा घरपरिवारमा खुसीको वातावरण सिर्जना हुनेछ । आत्मविश्वास र शीघ्र निर्णय गर्ने क्षमता अभिवृद्धि हुनेछ । रोकिएका कामसमेत सम्पादन हुनेछन् ।