ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गर्ने पक्राउ
वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–३ स्थायी बासिन्दा २२ वर्षीय सम्योग राईले ग्रीस पठाइदिन्छु भन्दै तीन जना पीडितबाट रु २५ लाख लिई सम्पर्कविहीन भएपछि पक्राउ परेका छन् ।
उनलाई पीडितकाे उजुरीका आधारमा काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट परिचालन भएको प्रहरीले ललितपुर महानगरपालिका–१३ बाट पक्राउ गरेको केन्द्रीय प्रहरी समाचारकक्षले जनाएको छ ।





