वायु प्रदुषणकाे असरबाट कसरी बच्ने ?

मूलखबर संवाददाता
काठमाडौं, २७ फागुन

एक सातायता प्रदूषणको मात्रा बढ्दै गएकोमा मंगलबार एयर क्वालिटी इन्डेक्स (वायुको गुणस्तरको मात्रा) २०० नाघेको छ । यो स्तरको प्रदूषणले संवेदनशील समूहअन्तर्गत बालबालिका, वृद्धवृद्धा र श्वासप्रश्वासका रोगीहरूलाई तुरुन्त असर गर्छ । उच्च प्रदूषणको असरबाट जोगिन घरबाहिर निस्किँदा मास्क अनिवार्य लगाउन वातावरण विभागले अनुरोध गरेको छ ।

– घरबाहिर निस्कँदा मास्क अनिवार्य प्रयोग गर्नू
– फोहोर तथा बालीनालीका अवशेष नजलाउनू
– वनजंगलमा डढेलो नलगाउनू, डढेलो लागेमा निभाउने प्रयास गर्नू
– निर्माणको काम गर्दा धुलोधुवाँ नउड्ने व्यवस्था मिलाउनू
– उद्योग, कलकारखाना सञ्चालन गर्दा सरकारले तोकेका मापदण्ड पालना गर्नू
– आफ्ना सवारीसाधन नियमित मर्मत गर्नू