लमजुङ दाेर्दीमा ओट निकाल्दा गाडि गुडेपछि च्यापिएर चालककाे मृत्यु
लमजुङको दोर्दी गाउँपालिकामा पार्किङमा राखिएको जिपकाे ओट निकाल्न लाग्दा गाडी आफैं गुडेर च्यापिँदा जिप चालककाे ज्यमन गएको छ । गाडि स्टार्ट गरी निकाल्ने क्रममा चालक आफैं गाडीले च्यापिँदा मृत्यु भएको प्रहरीले जनाएको छ ।
मंगलबार बिहान करिब ११ः२० बजे दोर्दी गाउँपालिका–४ लामिडाँडा स्थित भित्री सडकखण्डमा रहेको आमा समूह भवन नजिक ओट हालेर पार्किङ गरिएको ग १ ज ७०९२ नम्बरको बोलेरो जिप स्टार्ट गरी निकाल्ने क्रममा चालक कुमार गुरुङ गम्भीर घाइते भएका थिए।
जिल्ला प्रहरी कार्यालय लमजुङका अनुसार दोर्दी गाउँपालिका–४ ठुलाखेत बस्ने २९ वर्षीय गुरुङले जिप स्टार्ट गरेर ओटबाट निकाल्ने क्रममा गाडी अचानक गुड्दा जिपको पछाडिको भागले उनलाई च्यापेको थियो। घटनापछि स्थानीयले उनलाई तत्काल सोही गाडीमा राखेर उपचारका लागि प्रदेश अस्पताल लमजुङ पुर्याएका थिए।
छाती र दुवै हातमा गम्भीर चोट लागेका गुरुङलाई अस्पताल पुर्याएर उपचारका लागि जाँच गर्दा दिउँसो १ः०५ बजे चिकित्सकले मृत घोषणा गरेका थिए।




