लमजुङबाट रास्वपा उमेदवार केसी निर्वाचित, पृथ्वीसुब्बा भए पराजित

मूलखबर संवाददाता
लमजुङ, २४ फागुन

प्रतिनिधिसभाकाे निर्वाचनमा लमजुङबाट रास्वपा उमेदवार धर्मराज केसी निर्वाचित भएका छन् ।

मुख्य निर्वाचन कार्यालय लमजुङका मुख्य निर्वाचन अधिकृत शिशिरराज ढकालका अनुसार केसीले ३३ हजार ८९८ मत प्राप्त गरेर विजयी भएका हुन् ।

निर्वाचनमा उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का पृथ्वीसुब्बा गुरुङले १६ हजार ८७६ मत ल्याएका छन् । त्यसैगरी नेपाली कांग्रेसका गमप्रसाद गुरुङले १६ हजार ५६९ र नेपाली कम्युनिष्ट पार्टीका हरिजङ्ग तामाङले तीन हजार ३७१ मत प्राप्त गरेका छन् ।

कुल एक लाख ३७ हजार १२४ मतदाता रहेको जिल्लामा फागुन २१ गते सम्पन्न भएकाे निर्वाचनमा ७५ हजार ४६० मत खसेको थियाे ।