लमजुङका उमेदवारहरूले कुन मतदान केन्द्रमा गर्दैछन् मतदान ?

मूलखबर संवाददाता
मनाङ, २१ फागुन

लमजुङका उमेदवारहरूकाे मतदान केन्द्र कहाँ ?

नेपाली कम्युनिस्ट पार्टी लमजुङका उम्मेदवार हरिजंग तामाङको मतदान केन्द्र बेसीशहर ८ स्थित अर्थली बोर्डिङ स्कुलमा रहेको छ ।

नेकपा एमाले लमजुङ प्रतिनिधिसभा उम्मेदवार पृथ्वीसुब्बा गुरूङको मतदान केन्द्र बुद्धोदय मावि गिलुङ रहेको छ ।

नेपाली कांग्रेस लमजुङका उम्मेदवार गमप्रसाद गुरुङको मतदान केन्द्र सूर्यदय मावि घाम्राङ रहेको छ ।

रास्वपा लमजुङका उम्मेदवार धर्म केसीको मतदान केन्द्र आदर्श माध्यमिक विद्यालय बरेटार सुन्दरबजार रहेको छ ।