चीनका नवनियुक्त राजदूत माओमिङले शुरू गरे औपचारिक भेटघाट
नेपालका लागि चीनका नवनियुक्त राजदूत चाङ माओमिङले औपचारिक भेटघाट थालेका छन् । राष्ट्रपति रामचन्द्र पौडेलसममक्ष अस्ति ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेलगत्तै हिजो परराष्ट्रमन्त्री बालानन्द शर्मासँग मन्त्रालयमा शिष्टाचार भेटवार्ता भएको छ ।
ष्ट्रपति पौडेलसँग राजदूत चाङको राष्ट्रपति भवन,शीतल निवासमा आयोजित विशेष समारोहपछि औपचारिक भेटवार्ता भएको थियो । राजदूतको कार्यभार सम्हाल्न उनी फागुन १ गते काठमाडौं आएका हुन् । लगत्तै ३ गते शिवरात्रि तथा सेना दिवसको अवसरमा टुँडिखेलमा आयोजित विशेष समारोहमा सहभागी भएका थिए ।




