बेनिघाट बस दुर्घटना छानविन गर्न आयाेग गठन
सोमबार बिहान धादिङको बेनीघाटमा भएको बस दुर्घटनाको विषयमा छानबिन गर्न सरकारले सहसचिव ऋषिराम तिवारीको अध्यक्षतामा छानबिन समिति गठन गरेको छ।
समितिमा नेपाल प्रहरीका एसएसपी भुवनेश्वर तिवारी, सशस्त्र प्रहरी बलका एसएसपी भरत खनियाँ, सडक विभागका सिडिई राकेश महर्जन र मन्त्रालयका उपसचिव वर्तमान पौडेल सदस्यसचिव छन् ।




