निर्वाचनका लागि स्रोतसाधनको कमी नहुने अर्थमन्त्री खनालको दाबी
अर्थमन्त्री रामेश्वर खनालले प्रतिनिधि सभा निर्वाचनका निम्ति आवश्यक स्रोतसाधनको कमी हुन नदिने बताएका छन ।
पर्यटन बोर्ड र परिसूचक मिडियाद्वारा आयोजित ‘नेपाल पर्यटन गोष्ठी’मा अर्थमन्त्री खनालले बर्तमान सरकार निर्वाचनलाई सफल बनाउन जोडबलका साथ लागेको बताएका हुन । यस्तै खनालले हालको समय आर्थिक विषयमा केन्द्रित हुने समय भएको भन्दै राजनीतिक अस्थिरताको बहसबाट सरकारलाई बाहिर निकाल्नु नै अहिलेको सबैभन्दा ठूलो चुनौती रहेको बताएका छन । यस्तै खनालले पर्यटनलाई उद्योगसरह सुविधा दिने अघिल्लो सरकारको प्रतिबद्धता पूर्णरूपमा कार्यान्वयन हुन नसकेको स्वीकार गरेका छन ।
साथै, सरकारले दशको अर्थतन्त्रको उन्नयनका निम्ति पनि हरसम्भव प्रयत्न गरिरहेको बताउँदै अर्थमन्त्री खनालले त्यसका लागि विविध नीतिगत काम भएको जानकारी गराएका हुन ।




