कार्यसम्पादन मूल्याङ्कनमा बेसीशहर नगरपालिका भयाे प्रथम, दाेर्दी दाेस्राे
राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले सार्वजनिक गरेको कार्यसम्पादन मूल्याङ्कनमा वेशीशहर नगरपालिका जिल्लामा प्रथम भएको छ ।
मुल्यांकन अनुसार लमजुङको आठ पालिका मध्ये ७६.३० अंक प्राप्तगरी बेसीशहर नगरपालिका प्रथम भएको हाे । त्यसैगरी ६९.८६ अंक प्राप्त गरि दोर्दी गाउँपालिका दोस्रो र ६९.५६ अंक प्राप्त गरि मस्र्याङ्दी गाउँपालिकाले तेस्रो स्थान हासील गर्न सफल भएका छन् ।
बेसीशहर नगरपालिका गण्डकी प्रदेशभरमा तेस्रो र नेपालमै १६ औ स्थान हासील गर्न सफल भएको छ । गत बर्ष पनि ७४.७ अंक प्राप्त गरी बेसीशहर नगरपालिका नै उत्कृष्ट भएको थियो । बेसिशहर नगरपालिकालाई हाम्रो पनि बधाई ।




