बंगलादेशमा निर्वाचन शुरू : १२ करोडभन्दा बढीले मतदानमा भाग लिँदै

मूलखबर संवाददाता
काठमाडौं

बंगलादेशमा निर्वाचन हुँदै छ । पूर्वप्रधानमन्त्री शेख हसिना सत्ताच्यूत भएपछि पहिलो पटक नयाँ सरकार गठनका लागि सुरू भएको मतदान अपराह्न साढे ४ बजेसम्म जारी रहने छ ।

बीबीसीका अनुसार १२ करोडभन्दा बढी बंगलादेशी नागरिक मतदानमा भाग लिँदैछन् । सन् २०२४ मा भएको विद्यार्थी आन्दोलनले पूर्वप्रधानमन्त्री हसिनालाई सत्ताबाट हटाएका थियो ।

निर्वाचनमा बंगलादेश नेशनलिस्ट पार्टी र इस्लामी दल जमात–ए–इस्लामीबीच प्रतिष्पर्धा हुँदैछ ।

हसिना देश छोडेर भागेपछि बंगलादेशमा नोबेल शान्ति पुरस्कार विजेता मोहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएको थियो ।

आन्दोलनका क्रममा झण्डै १४ सय प्रदर्शनकारीहरूको मृत्यु भएको थियो । गत नोभेम्बरमा बंगलादेशको एक अदालतले मानवताविरूद्धको अपराध मामिलामा पूर्वप्रधनमन्त्री हसिनालाई मृत्युदण्डको सजाय सुनाएको थियो