लमजुङका नेकपा उमेदवार तामाङ काठमाडौंमा मतदातासँग अन्तरक्रियामा
आगामी फागुन २१ गते हुन लागेकाे प्रतिनिधिसभा सदस्य निर्वाचनमा लमजुङबाट नेकपाका उमेदवार रहेका पुवा हरिजङ तामाङले काठमाडौंमा रहेका लमजुङका मतदातासँग भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।
नेपाली कम्युनिस्ट पार्टी लमजुङ काठमाडौं सम्पर्क समन्वय समितिद्वारा काठमाडौं बालाजुमा आयाेजित कार्यक्रममा उमेदवार तामाङले आफ्नो प्रतिवद्वता र जिल्ला विकासका प्रारम्भिक याेजना र कार्यक्रम प्रस्तुत गरेका थिए । उनलेे आफ्नो र पार्टीको पक्षमा माहाेल बन्दै गएकाे र जित निश्चित हुने दावि गरेका थिए । उनलेे काठमाडौंमा रहनुभएका सबै मतदाताकाे सहयाेग र साथकाे अपेक्षा गरेका थिए ।
कार्यक्रममा नेकपाका सचिवालय सदस्य देव गुरूङले संविधान र दलिय व्यवस्था रक्षाकाे लागि नेकपा र हरिजङलाई जिताउन आवश्यक रहेकाे बताउँदै दृढतापुर्वक लाग्न निर्देशन दिएका थिए ।
कार्यक्रममा निवर्तमान प्रतिनिधि सभा सदस्य उर्मिला माझीले नेकपाका उमेदवार युवा, समाजसेवी र सक्रिय जनजाति नेता समेत भएको तथा एमाले, कांग्रेस र रास्वपा आन्तरिक विवादमा र एजेन्डाविहिन भएकाले पनि नेकपाकाे पक्षमा परिणाम आउने सुनिश्चित भएको बताएकी थिइन् ।

त्यसैगरी जिल्ला इन्चार्ज तथा जिल्ला निर्वाचन परिचालन संयाेजक पारसमणी पाैडेलले काठमाडौंबाट जिल्लाकाे सम्वन्धित भुगाेल र वडामै गएर निर्वाचन प्रचारमा लाग्न अनुराेध गरे ।
कार्यक्रममा केन्द्रीय सदस्यहरू देवेन्द्र पराजुली, रामबाबु अधिकारी, राजु कार्की, राजु थापालगायतले लमजुङमा नेकपाकाे पक्षमा राम्रो माहोल बनेकाे बताएका थिए ।
आयाेजक समिति अध्यक्ष अर्जुन मगरातीकाे सभापतित्व र सचिव नारायण नेपालीको सञ्चालनमा भएको कार्यक्रममा सल्लाहकार समिति संयाेजक गुणराज घिमिरे, इश्वर न्याैपाने र प्रविण न्याैपानेले काठमाडौंमा रहेका मतदातालाई जिल्लामा मतदानकाे लागि लैजाने प्रतिवद्वतासहित र जिल्लामा चुनावी अभियानमा उमेदवारले उठाउनुपर्ने विषय, एजेन्डा र गतिविधिबारे सुझाव दिएका थिए ।






