पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक
पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईलाई पितृशोक परेको छ । उनका पिता भोजप्रसाद भट्टराईको आज बिहान ९७ वर्षको उमेरमा काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा निधन भएको हाे ।
भट्टराईकी छोरी मानुषी यमी भट्टराईले दिएकाे जानकारी अनुसार ९६ वर्ष पूरा भई ९७ वर्षमा प्रवेश गरेका थिए । उनको आज बिहान स्वर्गारोहण भएको हाे ।” भट्टराईको शव विद्युतीय शव गृहमा दाहसंस्कार गरिएकाे छ।
स्वर्गीय भट्टराईका दुई छोरा र दुई छोरी छन् । भट्टराईलाई २ छोरा र २ छोरीले दागबत्ती दिएका छन् ।




