लमजुङमा हरिजङ जिताउन दाेर्दीमा नेकपा बैठक, समितिहरू गठन

मूलखबर संवाददाता
लमजुङ, १२ माघ

लमजुङ जिल्लामा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट प्रतिनिधिसभाका उमेदवार हरिजङ तामाङलाई जिताउन नेकपा लमजुङले पालिकास्तरिय बैठक तथा छलफल शुरू गरेको छ ।
यश क्रममा आज दाेरेर्दी गाउँपालिकाकाे बैठक सम्पन्न गरेको छ । पालिका अध्यक्ष ओमबहादुर गुरूङकाे सभापतित्वमा सम्पन्न बैठकले गुरूङकै संयाेजकत्वमा ५१ सदस्यीय निर्वाचन परिचालन समिति र इन्द्र बिककाे संयाेजकत्वमा तीन सदस्यीय अनुगमन समिति निर्माण गरेको छ ।

फागुन २१ गते चुनावमा नेकपाबाट हरिजङ तामाङ, नेकपा एमालेबाट पृथ्वीसुब्बा गुरूङ, नेपाली कांग्रेसबाट गमबहादुर गुरु तथा रास्वपाबाट धर्म केसी उमेदवार रहेका छन् ।

बैठकमा पार्टीका जिल्ला इन्चार्ज पारसमणी पाैडेल केन्द्रीय सदस्य देवेन्द्र पराजुली, रामबाबु अधिकारीलगायतले निर्वाचनकाे आवश्यकता, उमेदवारकाे परिचय तथा नेपाली कम्युनिस्ट पार्टीलाई विजय गराउन खेल्नुपर्ने भुमिका विषयमा धारणा राखेका थिए ।

साे अवसरमा नेपाली कम्युनिस्ट पार्टीका नेताहरू मधु अधिकारी, सन्ताेष पाैडेल, देव बहादुर दुरा, मेख बहादुर भण्डारी, सुनिल सुनार, वाईसीएल केन्द्रीय सदस्य यम गुरूङ, पालिका इन्चार्ज सागर गुरूङलगायतका नेता कार्यकर्ता सहभागी रहेका थिए ।