सभापति थापा पहिलो पटक पार्टी मुख्यालय सानेपा जाँदै

मूलखबर संवाददाता
काठमाडौं, ९ माघ

नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आज पदभार ग्रहण गर्दै भएका छन्।

विशेष महाधिवेशनबाट सभापति निर्वाचित भएपछि उनी पहिलो पटक पार्टी मुख्यालय सानेपा छिर्न लागेका हुन्। पदभार ग्रहण लगत्तै नवनिर्वाचित पदाधिकारी र केन्द्रीय सदस्यहरूको उपस्थितिमा दिउँसो १ बजे केन्द्रीय कार्यसमितिको बैठक बस्ने तय भएको छ।

आजको बैठकको मुख्य एजेन्डा सभापति थापालाई आगामी निर्वाचनका लागि ‘भावी प्रधानमन्त्री’को उम्मेदवारका रूपमा औपचारिक घोषणा गर्ने रहेको छ।

यो घोषणासँगै कांग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि आफ्नो चुनावी अभियानलाई थप तीव्रता दिने रणनीति लिएको छ।

सभापति थापा आफैँ पनि सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवार छन्।