लमजुङका कांग्रेस उम्मेदवार गमप्रसाद गुरुङकाे अपिलमा के छ ?
लमजुङबाट नेपाली कांग्रेसकाे तर्फबाट प्रतिनिधिसभाकाे उम्मेदवार बनेका गमप्रसाद गुरूङले मतदातालाई अपिल गरेका छन् ।
उनलेे सामाजिक सञ्जालमा लेखेका छन्-
आगामी २०८२ फाल्गुन २१ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनको लागि लम्जुङ जिल्लामा नेपाली काङ्रेसको तर्फबाट म गम प्रसाद गुरुङ्ले हिजो मनोनयन दर्ता गरेको छु । हिजोको मनोनयन दर्ता गर्ने सन्दर्भमा अग्रज नेताहरु र कार्यकर्ता साथिहरुको उल्लासमय उपस्थितिले म ज्यादै उत्साहित भएको छु । लम्जुङ जिल्लालाइ जेन्जी आन्दोलनको भावना अनुरुप नेपालकै नमुना जिल्लाकै रुपमा स्थापित गर्ने अभिप्रायका साथ उम्मेदवार प्रस्तुत गरेको छु ।
पहिलो पटक कृषि र जडिबुटी क्षेत्रलाई रुपान्तरण गरि प्रतिब्यक्ती आय वृद्धि गर्ने, रोजगारमुलक उधमशिलता, गुणस्तरीय शिक्षा र स्वस्थ्य सेवा, छिटो र छरितो डिजिटल प्रशासनिक सेवा र एक पटकको नेपाली सधै नेपालि जस्ता एजेन्डा प्राथमिकताका साथ प्रस्तुत गरेको छु ।
अब रचनात्मक र सकारात्मक नवप्रवर्तनले मात्र परिवर्तन सम्भब छ भन्ने मेरो पुर्ण बिश्वास छ । मनोनयनमा उपस्थित हुनु भएका सम्पुर्ण अग्रज नेता र लोकतन्त्र प्रेमी दिदी बहिनी तथा दाजुभाइहरु र पत्रकार साथिहरुमा हार्दिक आभार ब्यक्त गर्दछु ।




