एमाले अध्यक्ष ओली जेनजी आन्दोलनपछि पहिलो पटक झापामा
नेकपा एमालेका अध्यक्ष केपी ओली जेनजी आन्दोलनपछि पहिलो पटक गृहजिल्ला झापामा पुगेका छन् । झापा आएका ओली आजदेखि नै होटलमा बस्दैछन्। नेकपा एमालेका अध्यक्ष ओली जेनजी आन्दोलनपछि पहिलो पटक झापा आएका हुन्। पुस २१ गते ओलीको स्थान हद फुकुवा भएपछि उनी पहिलो पटक झापा पुगेका हुन् ।
गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलन पछि ओलीलाई लामो समयसम्म स्थान हद तोकिएको थियो। विमानस्थलबाट सिधै ओली विर्तामोड हुँदै दमक आउने कार्यक्रम रहेको नेकपा एमाले झापाका अध्यक्ष प्रेम गिरीले जानकारी दिए।
उनले चुनावी वातावरण नहुँदा नहुँदै पनि अब एमाले एमाले चुनावमा जान तयार रहेको स्पष्ट पारे। उनले भने, ‘मतदाताहरुमा त्रास, डर धम्की तथा सासमाजिक सञ्जालको दुरुपयोगका कारण अझै चुनावी वातापरण बनिसकेको छैन।’




