त्रिवेणी कपमा एन्फाले दियाे १६ विद्यालयलाई २०/२० थान फुटबल
लमजुङमा जारी ३३ औँ त्रिवेणी कपको फाइनल खेलको दिन एन्फाको संयोजकत्वमा फिफा फुटबल फर स्कुल कार्यक्रम राखी लमजुङको १६ बिद्यालयलाई २०,२० थान फुटबल बितरण गरेको छ ।
फुटबलकाे मुख्य आधार विद्यालय नै भएको ठहर गर्दै विद्यालयलाई फुटबल प्रदान गरिएको एन्फा प्रतिनिधिले बताए । साे कार्यक्रममा वेसिशहर नगरपालिकाका मेयर गुमानसिंह अर्याल उपस्थित थिए ।




