अमेरिकाद्वारा भेनेजुयलामाथी भिषण आक्रमण, राष्ट्रपति मदुराेलाई पक्राउ गरेकाे दावी

मूलखबर संवाददाता
काठमाडौं, १९ पुस

अमृरिकाले भेनेजुयलामाथी आक्रमण गरेको छ । शनिबार विहान सबेरै अमेरिकी वम वर्षक जहाजले भेनेजुलायमाथी आक्रमण गरेका हुन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा आक्रमण गरेको पुष्टि गरेका छन्।

शनिबार बिहानै भेनेजुएलाको राजधानी लगायत चार वटा राज्यमा एकैसाथ विस्फोट भएको घटनालाई ट्रम्पले अमेरिकाले गरेको ठूलो आक्रमण सफलतापूर्वक सम्पन्न भएको बताएका हुन्।

उनले भेनेजुएलामा आक्रमण गरी त्यहाँका राष्ट्रपति निकोलस मदुरोलाई पक्राउ गरेर देशबाहिर लगिएको दाबी गरेका छन्।

‘संयुक्त राज्य अमेरिकाले भेनेजुएला र यसका नेता राष्ट्रपति निकोलस मादुरोविरुद्धको आक्रमण सफलतापूर्वक गरेको छ। मदुरोलाई उनकी श्रीमतीसहित पक्राउ गरी देशबाट बाहिर लगिएको छ,’ ट्रम्पले ट्रुथ सोशलमा लेखेका छन्।

अमेरिकी पत्रिका द न्युयोर्क टाइम्सका अनुसार भेनेजुएलाको स्थानीय समयअनुसार बिहान २ बजे विस्फोटका आवाजहरू सुनिएका थिए।

विस्फोटको ज्वालाले ती क्षेत्रको आकाश रातो देखिएको र शहरका विभिन्न ठाउँबाट धुवाँका मुस्लोहरू उडिरहेको तस्बिर र भिडिओ सार्वजनिक भएको थियो।

विस्फोटपछि भेनेजुएल‍ाको सञ्चार मन्त्रालयले विज्ञप्ती जारी गरी यसमा अमेरिकाको हात रहेको भन्दै कडा शब्दमा निन्दा गरेको छ।

राष्ट्रपति निकोलस मादुरो मोरोसले हिजो शुक्रबार आफ्नो कार्यालयमा चिनिया राष्ट्रपति सि चिनफिङका विशेष दूत छिउ सियाओछीसङ्ग भेटवार्ता गरेका थिए । उक्त बैठकले २०२६ को लागि उच्च-स्तरीय कूटनीतिक एजेन्डाको सुरुवात गर्दै ६०० भन्दा बढी सम्झौताहरूको समिछ्या गरेको थियो ।

बिशेष दुत चीन फर्के लगत्तै शनिबार बिहान भेनेजुयलामाथि हमला भएको छ  । यसबाट पनि अमेरिका निक्कै अत्तालिएको हुन सक्ने बिश्लेषण गरिएको छ । यसको चौतर्फी निन्दा भएको छ ।