नेकपा युवा नेता भुषालकाे नेतृत्वमा तेमालमा ४९० जनालाई न्यानाे कपडा वितरण

मूलखबर संवाददाता
काठमाडौं, १८ पुस

निर्वाचन आउन अव दुईमहिना बाँकी छ । फागुन २१ गते हुने प्रतिनिधिसभाका समानुपातिक उमेदवारकाे सुची निर्वाचन आयाेगमा छ भने दलहरूले प्रत्यक्ष तर्फ उमेदवारकाे प्रारम्भिक सुचि बनाउँदैछन् ।

जिल्ला र क्षेत्र तथा प्रदेशबाट उमेदवारकाे सुची संकलन गरिरहेकाे नेकपाका नेताहरू समाजसेवामा पनि सहभागी भइरहेका छन् ।

यसै क्रममा काठमाडौं निर्वाचन क्षेत्र नं ४ मा नेपाली कम्युनिस्ट पार्टीले प्रस्तावित उमेदवारकाे रूपमा सिफारिस गरेकाे पुर्व विद्यार्थी नेता इन्द्र भुषालकाे नेतृत्वमा  काभ्रेको तेमालमा विद्यार्थीहरूलाई न्यायाे कपडा वितरण गर्ने कार्यक्रम सम्पन्न भएको छ ।

नेकपाका केन्द्रीय सदस्य समेत रहेका भुषालकाे नेतृत्वमा काभ्रेको शिवशक्ति प्रावि तेमालमा विद्यार्थी कर्मचारी सहित ६० जना लाई न्यानो वितरण गरिएको छ भने सेतीदेवी माध्यमिक विद्यालय तेमाल विद्यार्थी १२० जना शिक्षक कर्मचारी गरेर २००लाई न्यानो वितरण गरिएको छ । त्यसैगरी कोन्ज्योसोम म्हानेपा समुह तेमाल आमाहरूलाई सत्तरी थान न्यानो कपडा वितरण गरिएकाे थियाे ।

सेतीदेवी माध्यमिक विद्यालयको ४७ औ वार्षिक उत्सवमा भुषाललाई प्रमुख अतिथि बनाइएको थियाे उनले  प्रमुख अतिथिको रुपमा कार्यक्रमलाई सम्बाेधन गर्दै विगतमा नेकपा माओवादी केन्द्र र अहिले नेपाली कम्युनिस्ट पार्टी नेपालकाे परिवर्तन र जनजिविकाकाे पक्षमा लड्ने एकमात्र पार्टी भएको बताए । भुषाल अखिल क्रान्तिकारीका पुर्व उपाध्यक्ष समेत हुन् ।

दुई विद्यालय, एक आमा समुहलाई लक्षित गरी करिब ४ सय ९० थान न्यानो कपडा वितरण गरिएको आयोजकले जनाएको छ। जाडो मौसममा विद्यार्थी तथा शिक्षकहरूलाई सहयोग पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको बताइएको छ। कार्यक्रममा युवा नेता दुधराज तामाङ, स्वतन्त्र विद्यार्थी युनियन बानेश्वर बहुमुखी क्याम्पसका अध्यक्ष भुमिराज अधिकारी, युवा नेत तीर्थ तामाङ लगायतले सम्बोधन गर्दै यस्ता सामाजिक कार्यहरूले शिक्षा र समाजमा सकारात्मक प्रभाव पार्ने बताएका थिए ।