पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घट्याे
पेट्रोल, डिजेल र हवाई इन्धनको मूल्य घटेकाे छ। नेपाल आयल निगमले मुल्य समायाेजन गर्दै घटेकाे जनाएकाे हाे ।
इन्डियन आयल कर्पोरेशनले पेट्रोलमा प्रतिलिटर चार रुपैयाँ १९ पैसा, डिजेलमा पाँच रुपैयाँ छ पैसा र हवाई इन्धनमा प्रतिलिटर आठ रुपैयाँ १५ पैसा घटाएको छ। एलपी ग्यासको खरिद मूल्य प्रतिसिलिन्डर १०० रुपैयाँ ३५ पैसाले बढेर आएको छ।
सोहीअनुसार निगम सञ्चालक समितिले खुद्रा बिक्री मूल्य समायोजन गरेको छ। नयाँ मूल्यअनुसार पेट्रोल प्रतिलिटर चार रुपैयाँ, डिजेल÷मट्टितेल प्रतिलिटर पाँच रुपैयाँले घटाइएको छ। आन्तरिक हवाई इन्धनमा प्रतिलिटर छ रुपैयाँ र अन्तरराष्ट्रिय उडानतर्फ काठमाडौँका लागि प्रतिकिलोलिटर अमेरिकी डलर ४२ ले मूल्य घटाइएको छ।
अब डिजेल/मट्टितेलको मूल्य क्रमशः १३४ रुपैयाँ ५० पैसा, १३६ रुपैयाँ र १३७ रुपैयाँ प्रतिलिटर तोकिएको छ।
नयाँ मूल्य बिहीबार बिहानदेखि लागू हुनेछ। एलपी ग्यासको खरिद मूल्य बढे पनि उपभोक्ताको हितलाई ध्यानमा राख्दै ग्यासको खुद्रा बिक्री मूल्य यथावत राखिएको निगमले जनाएको छ।
निगमका अनुसार डिपो वा कार्यालयदेखि १५ किलोमिटरसम्मका लागि पेट्रोलको नयाँ मूल्य पहिलो वर्गमा प्रतिलिटर १५६ रुपैयाँ ५० पैसा, दोस्रो वर्गमा १५८ रुपैयाँ र तेस्रो वर्गमा १५९ रुपैयाँ कायम गरिएको छ।




