नयाँ वर्ष २०२६ काे स्वागत, सन २०२५ काे विदाई, विश्वका ७२ देशमा चुनाव
आज सन २०२६ काे पहिलाे दिन । जनवरी १ तारिख । विश्वभर पुरानाे वर्ष २०२५ काे विदाई गर्दै नयाँ वर्ष २०२६ लाई स्वागत गरिएको छ । २०२५ लाई विभिन्न उतारचढावका वर्ष र राजनीतिक तरंगकाे वर्षकाे रूपमा लिन सकिन्छ ।
यस वर्षमा विश्वमा ७२ देशमा चुनाव, एआईकाे अत्यधिक प्रयाेग र विकास, युद्व र शान्तिका महत्त्वपूर्ण चरणहरू पार भएका छन् । विश्वका करिब सय भन्दा बढि देशमा जेनजी पुस्ताकाे आन्दोलन पनि भएका छन् । नेपालमा सेप्टेम्बर ८ र ९ गते भएको जेनजी विद्राेहले पुराना सत्ता र राज्यका महत्त्वपूर्ण संरचना र संस्थाहरू ध्वस्त बनायाे ।
यहाँ सन २०२५ लाई चुनावकाे वर्षकाे रूपमा किन लिइयाे भनेर केही उदाहरण दिइएको छ । यस वर्ष ७२ वटा देशमा आम निर्वाचन तालिका तय थियो । यी सबै देशका मतदाताको संख्या जोड्दा ३ अर्ब ७० करोड हाराहारी हुन आउँछ ।जसले वर्ष २०२५ लाई मानव इतिहासकै सबैभन्दा ठूलो चुनावी वर्ष बनायो ।
महत्वपूर्ण घटनाक्रम
२० जनवरी : डोनाल्ड ट्रम्पद्वारा दोस्रो कार्यकाल अमेरिकी राष्ट्रपतिको सपथ
१७ फेब्रुअरी : इन्डोनेशियाको जाकार्तामा हजारौंको सहभागितामा जेनजी आन्दोलन सुरु, भ्रस्टाचार र नातावादको अन्त्य तथा सुशासनको माग ।
९ मार्च : क्यानेडामा मार्क कार्नी लिबरल पार्टीको संसदीय दलको नेता चयन, प्रधानमन्त्री नियुक्त ।
४ अप्रिल : दक्षिण कोरियाका राष्ट्रपति योन सुक यीयोलविरुद्ध महाभीयोग प्रस्ताव पारित ।
२५ मे : स्पेनमा आयोजित अरब–युरोप शिखर बैठकमा सहभागी नेताहरुद्वारा गाजामा युद्धविरामका लागि इजरायललाई दबाब दिने विषयमा छलफल । इजरायलले मानव अधिकार उल्लंघन र नाकाबन्दी रोक्नुपर्ने माग ।
१५ जुन : क्यानडाको कानानस्किस (अल्बर्टा) मा सुरु भएको जी–७ शिखर सम्मेलनमा जलवायु, एआई नियमन, चीन–रूस नीतिजस्ता मुद्दा मुख्य एजेन्डामा तीन दिनसम्म छलफल ।
६ जुलाई : ब्राजिलको रियो दे जेनेरियोमा १७ औँ ब्रिक्स शिखर सम्मेलन सुरु, दुई दिने सम्मेलनमा डलरको विकल्प खोज्ने वित्तीय एजेन्डाबारे छलफल ।
१ अगस्ट : ट्रम्पको दोस्रो कार्यकालका नीति आप्रवासन, सीमा र ‘अमेरिका फस्र्ट’ विरुद्ध अमेरिकाका थुप्रै सहरमा लगातार सडक प्रदर्शन सुरु ।
८ सेप्टेम्बर : नेपालमा भ्रष्टाचार, नातावाद र सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णयविरुद्ध हजारौं युवा सडकमा, ९ सेप्टेम्बरमा प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा राजीनामा । दुई दिने आन्दोलनमा ७६ जनाको मृत्यु, २ हजारभन्दा धेरै घाइते ।
९ अक्टोबर : अमेरिकाले अघि सारेको २० बुँदे गाजा शान्ति योजनामा हमास र इजरायलद्वारा हस्ताक्षर । युद्धविरामसँगै कैदीबन्दी साटासाटसम्बन्धी सम्झौतामा सहमति ।
२२ नोभेम्बर : दक्षिण अफ्रिकाको जेहानेसवर्गमा जी २० सम्मेलन सुरु, २३ नोभेम्बरमा समापन ।
२० डिसेम्बर : लिबियाका सेनाप्रमुख जनरल मोहम्मद अली अहमद अल–हद्दादसहित ५ जनाको टर्कीमा विमान दुर्घटनामा मृत्यु, सेनाप्रमुखको निधनले गृहयुद्धपछिको सत्ता–सन्तुलन झनै अनिश्चित ।




