ओखलढुंगाबाट नेकपाले गर्याे कार्कीसहित ५ उमेदवार सर्वसम्मत सिफारिस (नामावलीसहित)
नेपाली कम्युनिस्ट पार्टी ओखलढुङ्गाले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य निर्वाचनमा ओखलढुङ्गाबाट रामकुमार कार्कीसहित पाँचजनाको नाम सर्वसम्मत रुपमा प्रत्यक्षतर्फ सिफारिस गरेको छ ।
नेपाली कम्युनिस्ट पार्टीकाे केन्द्रीय कार्यलयकाे परिपत्रअनुसार निर्माण भएको कार्यदलको शनिबार बिहान बसेको बैठकले प्रत्यक्ष तथा समानुपातिक तर्फ उम्मेदवारहरूको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
प्रत्यक्षतर्फ सिफारिस हुनेमा नेत्रप्रसाद भट्टराई, रामकुमार कार्की, मोहनकुमार खड्का, नवराज गुरुङ र जेनजीको तर्फबाट वीरेन्द्र आच्छामी मगर रहेका छन् ।
प्रत्यक्षतर्फ सिफारिस हुनेमा कार्की नेकपा माओवादी केन्द्रका जिल्ला संयाेजक तथा नेपाली कम्युनिस्ट पार्टीका काेशी प्रदेश सचिवालय सदस्य हुन् भने भट्टराई नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा जिल्ला इन्चार्ज हुन् ।
नेपाली कम्युनिस्ट पार्टी ओखलढुङ्गाको शुक्रबार बसेको बैठकमा प्रतिनिधि सभा सदस्य पदमा उमेदवार हुन १५ जनाले दाबी गरेका थिए । शुक्रबार साँझसम्म पनि सर्वसम्मत रुपमा निर्णय हुन नसक्दा कार्यदलले टुङ्ग्याउने गरी शुक्रबारको बैठक सकिएको थियो । शनिबार बिहान बसेको कार्यदलको बैठकले उम्मेदवारको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको हो ।
त्यस्तै समानुपातिक तर्फ पनि चारजनाको नाम सर्वसम्मत रुपमा सिफारिस गरेको छ । समानुपातिक तर्फ सिफारिस हुनेमा चम्पा कार्की, निर्मला श्रेष्ठ सीताराम गुरुङ र माबर सुनुवार रहेका छन ।
त्यसैगरी राष्ट्रिय सभातर्फ सपना बस्नेत टंक खत्री र उर्मिला बस्नेत राईलाई ओखलढुङ्गाबाट सिफारिस गरेको छ ।





