पुर्व प्रहरी हवल्दार महिलाकाे हत्या अनुसन्धानमा स्थानीयवासीसँग सुझाव माग

मूलखबर संवाददाता
लमजुङ, पुस

लमजुङमा पूर्वप्रहरी हबल्दार बेसीशहर–२ निवासी ४६ वर्षीया सीता कँडेलको जघन्य हत्याको घटनामा भईरहेको अनुसन्धानका बारेमा जानकारी गराउँदै प्रहरीले विहिबार जिल्लामै पहिलो पटक स्थानीयबासीसँग थप सुझाब लिएको छ ।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी प्रमुख प्रहरी नायब उपरिक्षक रेशम बोहराको नेतृत्वमा आएको टोलीले बेसीशहर–२ का स्थानीयबासीले अनुसन्धानमा सहयोग पु¥याएकोमा धन्यवाद दिएको थियो ।

बेसीशहर–२ का वडा अध्यक्ष मदनबहादुर रानाले वडाबासी र परिवारको तर्फबाट अनुसन्धानमा संलग्न डीएसपी रेशम बोहरा र प्रहरी निरीक्षक अभिषेक पाण्डेसहितको टोलीलाई फूलमाला र खादा लगाइदिएर कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

हत्या अभियोगमा चितवन रत्ननगर नगरपालिका–७ का ४७ वर्षीय बुद्धिराम दराईलाई प्रहरीले पक्राउ कर्तव्य ज्यान मुद्दामा अनुसन्धान गरिरहेको छ ।