सुनकाे मुल्य ताेलामा २ हजारले घट्याे
शुक्रबार सुनको भाउ तोलामा २ हजार रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आका लागि सुनको भाउ प्रतितोला २ लाख ५८ हजार ४ सय रुपैयाँ तोकेको छ ।
हिजाे प्रतिताेला २ लाख ६० हजार ४ सय रुपैयाँ कायम भएको थियो । गत सोमबार सुनको भाउ हालसम्मकै उच्च २ लाख ६० हजार ७ सय रुपैयाँ पुगेको रेकर्ड छ ।




